४ कार्तिक २०८३, बुधबार

अमेरिकामा निर्मित नेपाली फिल्म ‘संंयोग’को प्रेमियर, निर्माण पक्ष मख्ख

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । न्यूयोर्कको ज्याक्सन हाइट्स स्थित शेर्पा केदुगको हलमा अमेरिकामा निर्माण भएको नेपाली चलचलित्र ‘संंयोग’को प्रेमियर शो भव्यताका साथ सम्पन्न भएको छ ।

प्रेमियर शोको शुभारम्भ न्यूयोर्कस्थित नेपाली महाबाणिज्यदूतावासका महाबाणिज्यदूत पुष्पराज भट्टराइले कम्प्युटरको किबोर्ड थिचेर गरेका थिए ।

अमेरिकी बसाइँ बेफुर्सदिलो हुँदाहुँदै पनि बिशाल हल नभएको कारणले दुई शो देखाउन बाध्य हुनुपरेको थियो । ‘हाम्रो सिर्जना, हाम्रो मेहनत तथा हाम्रो भाषासाहित्य, कला, संस्कृतिलाई माया गरेर आफ्नो अमूल्य समय छुट्याएर यहाँ उपस्थित भइ दिनु भएकोमा उपस्थित सबै लाई स्वागत गर्दछु’, चलचित्र निर्मात्री तथा साहित्यकार गीता खत्रीले भनिन ।

उनले सबै कलाकार मित्रहरूको तर्फबाट हार्दिक आभार प्रकट गरिन । उक्त अवसरमा सबै कलाकारहरुलाई प्रशंसापत्र दिइएको थियो ।

महाबाणिज्यदूत पुष्पराज भट्टराईले विदेशमा बसेर आफ्नो कामका तल्लीन हुँदाहुँदैपनि नेपाली चलचित्रको निर्माण गर्न भ्याउनु आफैमा ठूलो कुरा भएको बताए । उनले फिल्ममा संलग्न सबैलाई धन्यवाद दिनै पर्छ र अझ राम्रा चलचित्र हेर्न पाइयोस भन्दै शुभकामना दिए ।

चलचित्रमा अभिनय गर्ने कलाकारहरू न्यूयोर्क र पेन्सिलभानिया स्टेटका बासिन्दा हुन । नयाँ कलाकारहरूलाई प्रोत्साहन गर्ने र उनीहरूलाई आफ्नो शीप देखाउने अवसर प्रदान गर्नु पनि यो चलचित्र निर्माणको उद्देश्य हो ।

नारीको त्याग र बलिदानबाट पारिवारिक सुःख सम्बृद्धि प्राप्त गर्न सकिन्छ भनेर समाजका लागि एउटा सन्देश पनि यो चलचित्रले बोकेको छ । चलचित्रको कथाबस्तु गीता खत्रीको कथा संयोगबाट लिइएको छ भने यसका निर्देशक ओम कर्माचार्य छन ।