४ कार्तिक २०८३, बुधबार

ई–अल्फाको शोरुम अब बाराको कलैयामा

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २५ बैशाख । महिन्द्रा टु ह्वीलर्स नेपालको लागि आधिकारिक विक्रेता अग्नि मोटो इन्कले शून्य उत्सर्जन गर्ने नयाँ विद्युतीय सवारी ई–अल्फा थ्री ह्वीलर तराई क्षेत्रका विभिन्न स्थानहरुमा प्रस्तुत गर्दै आएको छ ।

यसै क्रममा हालै बाराको कलैयामा आफ्नो आधिकारिक डिलर नियुक्त गरी ई–अल्फा थ्री ह्वीलर सवारी प्रस्तुत गरेको छ । कम्पनीले कलैयामा आफ्नो आधिकारिक डिलरको रुममा ओम राइराम मोटर्सलाई नियुक्त गरेको छ भने यो शोरुमको उद्घाटन सोमबार गरिएको छ ।

शोरुम स्थापनासँगै कलैया तथा बारा आसपासका सेवाग्राहीले महिन्द्रा थ्री ह्वीलर्स सम्बन्धी सम्पूर्ण सेवा सहजै प्राप्त गर्न सक्नेछन् । ई–अल्फा मिनिले विभिन्न शहरहरुमा बसोवास गर्दै आएका नेपाली जनताहरुलाई आवद्ध गर्दै आइरेको छ ।

१००० वाटको मोटर तथा कन्ट्रोलर भएको यस सवारीमा ४८ भोल्ट १२० एएचको ब्याट्री लाग्दछ । ई–अल्फा मिनिमा आकर्षक भित्री डिजाइन रहेको छ, रुवस्ट बडी, फुल क्यानोपि, स्टाइलिस ब्याक ड्यासबोर्ड, चुस्त सस्पेन्सन, तथा चेसिस र ठूलो बस्ने क्याविन रहेको छ ।

यसमा यात्रुहरुलाई सहजता एवं चालकलाई सुविधा मिल्ने छ । यसमा धेरै भारबहन क्षमता, अधिकतम सुविधा रहेको छ । अन्य प्रतिस्पर्धी सवारीहरुको तुलनामा यसमा चढ्न र चलाउन अझ बढी सहजता मिल्ने छ ।

सवारी शानको भरोसा महिन्द्राको भन्ने नाराका साथ बजारमा ल्याइएको यस सवारीको विशेषता भनेको शून्य उत्सर्जन रहेको छ । यो पूर्ण रुपमा वातावरणमैत्री तथा सुरक्षित सवारीको रुपमा रहने छ ।

सबै नयाँ ई–अल्फामा कम्पनीले २ वर्षको वारेन्टी, व्याट्रीमा ६ महिनाको वारेन्टी तथा ६ पटकसम्मको निःशुल्क सर्भिसिङ उपलब्ध गराएको छ ।