४ कार्तिक २०८३, बुधबार

‘बालखमै दिल बस्यो गौंथली…’ भाइरल

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । दैलेख आइडल रुपेश चन्दको आवाजमा ‘बालखमै दिल बस्यो गौंथली, नभागौं त मन भो खल्बली, भागौं भने बालविवाहको मुद्दा चल्ला नी’ बोलको भिडियो सार्वजनिक भएको छ ।

निर्मल पौडेलले निर्देशन गरेको म्युजिक भिडियोमा रुपेशका साथै सुर्खेतका पुजा गाहा र मिलन विकको पनि अभिनय छ । दीपक शर्माको शब्द÷संगीत रहेको भिडियो कोरियोग्राफी हेमन्त भुषालले गरेका हुन् ।

सुर्खेतमा छायांकन गरिएको म्युजिक भिडियो ओएसआर डिजिटलले युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो । दैलेख नौमूलेका १२ वर्षीय रुपेशले यसअघि दैलेख आइडलको उपाधि हात पारिसकेका छन् । शनिबार युट्युबमा अपलोड भएयता भिडियो अहिले भाइरल बनेको छ ।

निर्देशक निर्मल पौडेलले बालविवाहविरुद्ध जनचेतना फैलाउन म्युजिक भिडियो उपयोगी हुने बताए । ‘बालविवाह कर्णाली प्रदेशको मुख्य सामाजिक समस्या हो,’ उनले भने, ‘यो भिडियोले दिने सन्देशलाई हरेक अभिभावक र बालबालिकामाझ पुर्याउन सके बालविवाह आफै कम हुनसक्छ ।’

हेर्नुहाेस् भिडियो :