४ कार्तिक २०८३, बुधबार

अमेरिकन गायिका केटी पेरी भाइरल

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लसएञ्जलस । अमेरिकन गायिका केटी पेरी सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् । न्यूयोकमा भइरहेको ‘मेट गाला २०१९ इभेन्टमा’ उनको फरक शैलीको फेशन ट्रेण्ड फलोका कारण उनको चर्चा भएको हो ।

मेट गालाको रेड कार्पेटमा केटी पेरीलाई ‘ल्याम्प ड्रेस’ले झनै चर्चित बनाइदियो।त्योभन्दा पनि बढी आर्कषक केटी पेरीको बर्गर ड्रेस थियो ।

फेसन आइकन केटी पेरीको ‘मेट गाला लुक’ पहिले झै यस वर्ष पनि सर्वाधिक चर्चामा रह्यो । बर्गर होस या ल्याम्प दुवै ड्रेसबाट पेरीको फेशनले थप उत्साह र उमङ ल्‍याइदियो दर्शकदीर्घामा । उनीहरू यो ड्रेसलाई नजिकबाट नियालरहे धेरै बेरसम्‍म ।

त्‍यहा बर्गर ड्रेससँगै केटी पेरीको जुत्ता पनि फरक ढङगले तर जुत्ताको रङ र लुक्स पनि बर्गर जस्तै डिजाइन गरिएको थियो । उनले जुत्ताको तस्बिर केटी पेरीले आफ्नो सामाजिक सञ्जाल टुइटरमा सेयर गरेकी छन् । एजेन्सी