४ कार्तिक २०८३, बुधबार

‘प्रेसिडेण्ट सेकुवा’को ९औँ शाखा महाराजगञ्जमा, ‘धुर्मुस’ले गरे उदघाटन

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । प्रेसिडेण्ट ग्रुप अफ होटेलले काठमाडौंको महाराजगञ्जमा ‘प्रेसिण्ट सेकुवा’को ९औँ शाखा खोलेको छ ।

हाँस्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले मंगलबार विशेष समारोहका बीच प्रेसिडेण्ट सेकुवाको ९औँ शाखाको उदघाटन गरेका हुन् ।

शाखाको उदघाटन गर्दै धुर्मुसले ग्राहकको इच्छा बमोजिम सेवा दिएकाले ९औँ शाखा खोल्नेसम्मको यात्रा तय भएकोमा शुभकामना दिए ।

‘तपाईहरूको रेष्टुरेण्टले राम्रो सेवा दिएकैले ९औँ शाखा खोल्न सफल हुनुभएको छ’, धुर्मुसले भने, ‘भविष्यमा अझै राम्रो गर्नुस् । ग्राहकलाई गुनासो गर्ने मौका नदिनुस् ।’

प्रेसिडेण्ट सेकुवाले काठमाडौंमा मात्रै ७ वटा शाखा स्थापाना गरिसकेको छ । चितवन र लुम्बिनीमा १–१ वटा शाखा खोलिएका छन् ।

प्रेसिडेण्ट ग्रुप अफ होटेल प्रालिका अध्यक्ष शंकर भण्डारीले ‘प्रेसिडेण्ट सेकुवा’ ‘ए’ लेबलको फेमिली रेष्टुरेन्ट भएको बताए ।

‘हाम्रो रेष्टुरेण्टमा खसी र कुखुराको सेकुवा विशेष आइटममा पर्छन्’, उनले भने, ‘यसका साथै पारिवारिक वातारणमा ग्राहकको इच्छाअनुसारका सबै परिकार हाइजेनिक र सस्तो मेन्युमा खाना खुवाउने लक्ष्य राखेका छौँ ।’

अध्यक्ष भण्डारीले विदेशमै गएर कमाइ गर्नुपर्छ भन्ने मान्यतालाई चिर्दै आफूसहित सात जनाको टिमले प्रेसिडेण्ड ग्रुप अफ होटेल प्रालि खोलेर व्यवसाय गरेको बताए ।

‘सबैको सल्लाह र सुझाव तथा कामदार साथीहरूको मेहनतले ९औँ शाखा स्थापना गर्न सफल भएका छौँ’, उनले भने, ‘हामीसँग जोडिएर सेवा दिने सेफ, वेटर र अन्य सबै कर्मचारीहरूको विशेष योगदान रहेको छ ।’

बिक्रम संवत ०६३ सालमा काठमाडौंको सुन्धारा स्थापना भएको प्रेसिडेण्ट ग्रुप अफ होटेल प्रालिले झण्डै दुई सय जनालाई रोजगारी दिएको छ ।

महाराजगञ्जको शाखामा विभिन्न कलात्मक आट्र्सले सिंगारिएको छ ।

कार्यक्रममा काठमाडौं महानगरका वडा ४ का वडाध्यक्ष महेश विष्टले ग्राहकको चाहना बमोजिम सेवा दिएर राम्रोसँग व्यवसाय सञ्चालन गर्न सुझाव दिए ।