४ कार्तिक २०८३, बुधबार

बलिउडमा नायिका पूजाको चर्चा, पारिश्रमिकले हँगामा

10.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेत्री पूजा हेगडेले १५ दिनको अभिनयका लागि दुई करोड भारु पारिश्रमिक मागेकी छिन । उनको यो मागले बलिउड तताएको छ ।

बलिउड फिल्म ‘मोहनजोदारो’मा मुख्य भूमिका निभाइसकेकी पूजा हेगडेलाई धेरैले मन पराउँछन ।

उनी साउथ फिल्ममा लामो समयदेखि सक्रिय छिन् । निकै फिल्ममा मुख्य भूमिकामा देखिएकी छिन् । पूजाले बलिउडमा भने अहिलेसम्म एउटै फिल्ममा पनि काम गरेकी छैनन् ।

अहिले बलिउडमा निर्देशक हरिश शंकर पूजाले अभिनय गर्ने भनिएको फिल्म ‘वाल्मीकि’लाई लिएर चर्चामा छन् । यस फिल्मका लागि निर्माताले मुख्य अभिनेत्रीको भूमिकामा पूजा हेगडेसँग सम्पर्क गरेका थिए ।

भारतीय मिडियामा चलिरहेको खबरअनुसार यस फिल्मका लागि पूजाले १५ दिन सुटिङ गर्दा दुई करोड पारिश्रमिक मागेकी हुन् । तर, अहिलेसम्म निर्माता र पूजा हेगडेले पारिश्रमिकलाई लिएर आधिकारिक धारणा बाहिर ल्याएका छैनन् ।