४ कार्तिक २०८३, बुधबार

३० तोला सुनसहित विमानस्थलका कर्मचारी पक्राउ

30.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  २३ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुन ल्याउन सहयोग गरेको आरोपमा वायुसेवा निगमका एक कर्मचारी पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सेटिङमा अवैध सुन ल्याएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र काम गर्ने वायु सेवा निगमका  कर्मचारी रञ्जित कुमार यादवलाई आइतबार राती पक्राउ गरेको हो ।

पक्राउ परेका यादवको साथबाट प्रहरीले १०/१० तोलाको ३ वटा बिस्कुट आकारको सुन बरामद गरेको छ । प्रहरी परिसरका अनुसार विमान अवतरण भइसकेपछि धावनमार्गमै पुगेर यादवले सुन बुझ्ने र लुकाएर विमानस्थल बाहिर ल्याउने गर्थे ।

विमानस्थल प्रहरीले यादवका गतिविधि शंकास्पद लागेपछि उनलाई नियन्त्रणमा लिएको थियो ।