४ कार्तिक २०८३, बुधबार

धनगढीको हसनपुरमा प्रभु बैंकका एक्स्टेन्सन काउण्टर

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


प्रभु बैंकले कैलालीको धनगढी उपमहानगरपालिका–५, हसनपुरस्थित गोवर ग्याँस चोकमा आइतबारदेखि एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

धनगढीस्थित श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख कृष्णनन्द जोशीले बैंकको हसनापुर एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे ।
उनले श्रम तथा रोजगार कार्यालयको सम्पूर्ण कारोबार आजैदेखि बैंकिङ प्रणालीमा प्रवेश गरेको जानकारी गराए ।

उनले कार्यालयमा आउने सेवाग्राहीहरुलाई कार्यालयमा रकम बुझाउन अनावश्यक झण्झट नहोस् भन्ने अभिप्रायले प्रभु बैंकसँग आवश्यक सहमति गरी बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याइएको बताए ।

आजदेखि सञ्चालनमा आएको बैंकको हसनपुर एक्स्टेन्सन काउण्टरबाट धनगढीस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक गतिविधी बैंकिङ प्रणालीमा प्रवेश गरी व्यवस्थित हुनुका साथै श्रम तथा रोजगार कार्यालयबाट विभिन्न सेवा उपभोग गर्ने सेवाग्राहीहरुलाई विशेष गरी बैदेशीक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सहज हुनेछ बैंकले विश्वास लिएको छ ।