
काठमाडाैं, २२ बैशाख । साताको पहिलो कारोबार दिन नै सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ।
आइतबार सेयर बजारमा १६.७१ अंकको गिरावट आउँदा ६५ करोड ३ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबारमा १७५ कम्पनी आएका थिए । आज उत्पादन तथा प्रशोधन र अन्य समुह बाहेक सबैमा गिरावट आएको छ । उत्पादन तथा प्रशोधन २०.८ अंकले बढेको छ भने अन्य समुहमा १.१२ अंकको बढोत्तरी छ ।
सबैभन्दा बढी जीवन बिमा १२७.०२ अंकले घटेको छ भने जलविद्युत समुहतर्फ ५३.८८ अंकको गिरावट छ । लघुवित्त समुह २५.८७ अंकले घटेको छ भने नीर्जिवन बिमा तर्फ २४.७३ अंकको गिरावट छ । बाणिज्य बैंक, होटल, विकास बैक, फाइनान्स समुह घटेको छ ।
बजार घट्दा पनि सबैभन्दा बढी कारोबार भने नेपाल बैंकको भएको छ । नेपाल बैकको ६ करोड २८ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसपछि प्रभु बैंक र शिवम सिमेन्टको कारोबार बढी भएको छ ।
आज कमाउने कम्पनीहरुमा मल्टिपर्पोस फाइनान्सको सेयरमा १५ रुपैयाँ बढेको छ भने युनाइटेड फाइनान्सको ९ रुपैयाँ, शिवम् सिमेन्टको १४ रुपैयाँ, नेरुडे लघुवित्त विकास बैंकको १९ रुपैयाँ र एनएलजी इन्स्योरेन्सको ३० रुपैयाँले बढेको छ।
आज गुमाउने कम्पनीहरुमा भने चिलिमे हाइड्रोपावरको सेयर ४४ रुपैयाँले, एनआईबीएल समृद्धि फन्ड १ को ७३ पैसाले, अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्टको ८ रुपैयाँले, एभरेस्ट इन्स्योरेन्सको २९ रुपैयाँले र युनिभर्सल पावर कम्पनीको ६ रुपैयाँले सेयर मूल्य घटेको छ।















प्रतिक्रिया