४ कार्तिक २०८३, बुधबार

दलित समुदायको कथा ‘भूइफूल’ बन्दै

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । भुमेथान फिल्म प्रोडक्सन प्रालीको ब्यानरमा फिल्म ‘भूइफूल’ निर्माण हुने भएको छ । आइतबार हेल्लो क्याफे बागबजारमा आयोजित कार्यक्रममा ‘भूइफूल’को शुभ मुर्हुत गरिएको हो ।

चलचित्र क्षेत्रकी सदाबहार अभिनेत्री करिस्मा मान्नधरले एक्सन कट भनेको मुर्हुत कार्यक्रममा नृत्य निर्देशक गोबिन्द राईले क्ल्याप पड्काएका थिए, भने चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले नरिवल फुटाए ।

कलाकार गोविन्द प्रभात, दिपेन्द्र सिंह दर्नाल, तुलसा थापा लगायतले फिल्म भित्र रहने एक दृश्य सम्वाद सहित प्रस्तुत गर्दै मूर्हूत सट दिएका थिए ।

नेत्र सन्त्यालको लेखन निर्देशनमा बन्न लागेको फिल्मको प्रस्तुतकर्ता सरिता राइ हुन् । फिल्मका निर्माता उर्मिला वान्तवा राई रहेकी छन् । गोविन्द प्रभात, नरेन खड्का, दीपेन्द्र सिंह दर्नाल, तुलसा थापा, चन्दा राई, पुर्णिमा लामा लगायतको मुख्य अभिनय फिल्ममा रहनेछ ।

द्वन्द्व कालमा विस्थापित भएर मधेसमा बसोबास गर्न आइपुगेका बिभिन्न समुदाय मध्य दलित समुदायमा हुने उतारचढाप तथा राज्यले गरेको विभेदको बिषय फिल्मले कथामा उठाउन खोजेको छ । वैशाख २५ बाट छायाँकन सुरु हुने फिल्म धरान, झापा र काठमाडौमा छायाँकन हुनेछ ।

फिल्ममा रामेश्वर हुमागाइको छायाँकन, गोविन्द प्रभातको नृत्य निर्देशन, रमेश खड्काको संगीत, गणेश सुवेदीका गीत रहने फिल्मका कास्टिङ निर्देशक अमृत मान महर्जन रहेका छन् ।

थुप्रै फिल्ममा सहयोगी निर्देशकको रुपमा काम गरेका नेत्र सन्त्यालले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । दर्शक तथा समिक्षकको रुचि ध्यानमा राखेर आफुले फिल्म बनाउन लागेको निर्देशक सन्त्यालले बताए ।

कार्यक्रममा अभिनेत्री करिस्मा मान्धरले फिल्मले उठाउन खोजेको बिषयबस्तु मन परेको बताइन् । उनले फिल्मको कथाबस्तु मनपरेकोले मूर्हूत कार्यक्रममा आफू सहभागी भएको बताउँदै फिल्मको प्रिमियरमा पनि बोलाउन अनुरोध गरिन् ।