
काठमाडौँ । गायिक सुनिता अधिकारीले दर्शक, श्रोताका लागि अर्काे मीठो कोशेली लिएर आएकी छन् ।
यसअघि पानको मिसि लगायतका गीतबाट चर्चा बटुलेकी उनले ०७६ सालको सुरुमै मौलिक र उत्कृष्ट गीत ‘लुरुरु हुरुरु’ बजारमा ल्याएकी हुन् ।
प्रकाश सपुतको लय/शब्द रहेको गीतमा प्रकाश स्वयम् र सुनिताको स्वर रहेको छ । गीतको संगीत संयोजन आशिष अविरलले गरेका हुन् ।
बाग्लुङ आसपासका क्षेत्रमा प्रयोग हुने स्थानीय बोलिचालीको भाषिकालाई प्रयोग गरिएको गीत मौलिक प्रकृतिको छ ।
भाका नेपाल र साइन मिडियाको प्रस्तुती रहेको गीतको भिडियोमा गायक/गायिक प्रकाश र सुनिताकै मुख्य अभिनय रहेको छ ।
प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोमा राजेश घिमिरेको छायांकन र विष्णु शर्माको सम्पादन रहेको छ ।
हेर्नुहाेस् भिडियो :















प्रतिक्रिया