काठमाडौं, २२ वैशाख । नेपाल मदिरा व्यवसायी महासंघको अध्यक्षमा सोनाम शेर्पा नेतृत्वको समूह विजयी भएको छ ।
काठमाडौंमा आइतबार बिहान सम्पन्न मतपरिणामअनुसार सोनामले आफ्ना प्रतिद्वन्द्व विष्णु खड्कालाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । शेर्पाको समूहले महासचिव बाहेक सबै पदमा विजयी हासिल गरेका छन् ।
महासचिवमा विष्णु खड्का नेतृत्वको समूहले जितेको छ । खड्का समूहले निर्वाचनमा भारी मतअन्तरले पराजित भएको छ ।
शेर्पा समूहका धेरै उम्मेदवारहरू सर्वसम्मत निर्वाचित भएका छन् ।
शेर्पा समूहबाट प्रदेश ३ को अध्यक्षमा मदन गौतम, सह–कोषाध्यक्षमा राजु लामा तामाङ र केन्द्रीय सदस्यमा शालिकराम कँडेल शनिबार नै निर्बिरोध भएका थिए ।
महासंघको अध्यक्षमा निर्वाचित शेर्पा मदिरा व्यवसायी संघ काठमाडौंको अध्यक्षमा तीन कार्यकाल अध्यक्ष भएका थिए । चितवनमा सम्पन्न १०औँ महाधिवेशनका बेला शेर्पा महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्विरोध भएका थिए ।
मदिरा व्यवासयीहरूको समस्या पर्दा मैदानमा आफै भिड्न पुग्ने शेर्पा व्यवसायीहरूका माझ लोकप्रिय मानिन्छन् ।
















प्रतिक्रिया