४ कार्तिक २०८३, बुधबार

कृष्ण र सुधाको स्वरमा ‘कलेजी’ रिलिज

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक कृष्ण रेउले र गायका सुधारत्न परियारको स्वरमा ‘कलेजी’ लोक अधुनिक लयको दोहोरी गीत रिलिज भएको छ ।

शनिबार रिलिज भएको गीतको शब्द र संगीत कृष्ण रेउले आफै गरेका हुन् । गीतका एरेञ्जर सुदीप सागर हुन् ।

गायिका सुधारत्न परियारले गीत राम्रो बनेको बताएकी छिन् । ‘लोक आधुनिक शैलीको गीत राम्रो बनेको छ’, उनले भनिन्, ‘दर्शक स्रोताले कस्तो मान्नु हुन्छ ? उहाँहरूमै भर पर्छ ।’

म्युजिक भिडियोमा बिक्रम चौहानको निर्देशन र कोरियोग्राफर रहेको छ । कृष्ण रेउले, रिना थापा र विजय पुनले अभिनय गरेका छन् ।