
काठमाडौँ, २१ बैशाख । बेनाली मोटरसाइकलको आधिकारिक बिक्रेता गोरखा इन्टरप्राईज, बेनालीको शोरुम कारकादो, नेपालगञ्ज–१८ मा उद्घाटन हुने भएको छ । उद्घाटन समारोहमा बेनालीका ब्राण्ड एम्बेसडर अनमोल केसीको उपस्थिती रहनेछ ।
बेनाली एउटा विश्वप्रसिद्ध पुरानो ईटालियन मोटरसाइकलको ब्राण्ड हो । जुन बर्षौँदेखि ग्राहकको चाहनामा रहेको र चालकको रोजाईमा रहेको पाइन्छ । यो मोटरसाइकलको अत्याधिक मात्रामा बजारमा माग रहेको र अनुभवी चालकको पनि चाहना तथा आरामदायिक रहेको छ ।
नयाँ सुविधाको आधारमा शहर बजारमा विभिन्न किसिमका मोटरसाइकल रहेका छन् । जुन १३५–६०० सीसीकको रेञ्जमा गोरखा इन्टरप्राईजद्वारा उपलब्ध रहनेछन् ।















प्रतिक्रिया