
काठमाडाैँ, २१ बैशाख । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिपार्टीबीच एकताका लागि अन्तिम र निर्णायक छलफल चलिरहेको छ ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र वर्तमान उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको पार्टीबीच एकताका लागि निर्णायक छलफल चलेको हो ।
यसअघि बसेको बैठकहरु अत्यन्तै सकारात्मक भएको र अन्तिम सहमतिको लागि दुवै पक्षको बैठक नयाँ शक्तिको पार्टी कार्यालयमा बसेको हो । बैठकमा दुवै पक्षका शीर्ष नेताहरु सहभागी छन् ।
दुवै पक्षबीच सांगठनिक विषयमा कुरा मिलिसकेको छलफलमा सहभागी नेताहरुले बताएका छन् । नेकपा मोडलमा नयाँ शक्तिका संयोजक डा. भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादव अध्यक्ष रहने सहमति भइसकेको नेताहरुको भनाई छ । डा. भट्टराई पहिलो बरियतामा रहनेछन् ।
अन्य सहमतिका बाबजुद फोरमले सरकार छाड्नपर्ने नयाँ शक्तिको बटम लाइन भएको एक नेताले बताए । यस विषयमा फोरमले निर्णय गरिसकेको छैन । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा फोरम उपप्रधानमन्त्रीसहित ३ सिटमा छ ।















प्रतिक्रिया