डिसी । अमेरिकाको न्युयोर्कमा मिस नेपाल नर्थ अमेरिका २०१९ हुने भएको छ । सहभागी हुन् चाहनेहरूका लागि आबेदन पत्र खुलेको छ ।
आगामी अगस्त महिनाको १७ तारिखका दिन गत वर्ष सफलतापूर्वक सम्पन्न भएकै स्थान मेलरोज बलरुममा कार्यक्रम हुनेछ । आयोजकले दोश्रो मिस नेपाल नर्थ अमेरिका २०१९ को मिति,दिन तथा स्थान तय भएको जानकारी दिए ।
गत वर्ष न्यूयोर्कका नगर परिषद सदस्य कोस्टा कन्सटानटिनिडेस प्रमुख रहेका थिए । प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि मिस नेपाल २०१० कि सदीक्षा श्रेष्ठले कोरियोग्राफ गरेकी थिइन् ।
आबेदन भर्ने अन्तिम मिति जुन १५ राखिएको छ भने जुलाई १ तारिखका दिन अन्तिम नामावली प्रकाशित गरिनेछ । त्यसपछि अन्तिम ग्रान्ड फिनाले अगस्त १७ का दिन हुनेछ । कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले कार्यक्रम गर्नेछ ।
९ वर्षसम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरु मिस नेपाल नर्थ अमेरिकाको टोलीमा संस्थापकहरूको संलग्नता रहेको छ ।
मिस नेपाल नर्थ अमेरिका टोलीले प्रतियोगी १८ देखि २७ वर्षसम्म हुनुपर्ने, अविवाहित, ५ फुट २ इन्च हुनुपर्ने, शैक्षिक योग्यता उच्च माध्यमिक उत्तीर्ण, प्रतियोगी उत्तर अमेरिका निवासी हुनुपर्ने, नेपाली मूलको हुनुपर्ने, निवेदकको सही नैतिक चरित्र तथा नेतृत्वको शीप हुनु पर्ने तथा जीवनवृति हाक्न सक्ने तथा सफल हुन प्रभावशाली इच्छा भएको हुनुपर्ने जनाएको छ ।
















प्रतिक्रिया