४ कार्तिक २०८३, बुधबार

अभिनेत्रीको पाठेघरलाई सुरक्षित राखेर फिल्मको सुटिङ

6.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लसएञ्जलस । अमेरिकी अभिनेत्री गल गडोटले ३० अप्रिलमा आफ्नो ३४औँ जन्मदिन मनाएकी छिन ।

‘वन्डर वुमन’ फिल्ममा काम गरेपछि उनी चर्चाको शिखरमा रहिन् । फिल्मबाट उनलाई जति चर्चा मिलेको थियो, फिल्मको सुटिङ गर्नका लागि उत्ति नै गाह्रो भएको थियो ।

सुटिङ चलिरहँदा अभिनेत्री गडोट पाँच महिनाकी गर्भवती थिइन् । वन्डर वुमन पूर्ण रूपमा एक्सन फिल्म भएकाले सुटिङताका मेडिकल प्रक्रियाबाट उनको पाठेघरलाई सुरक्षित बनाइएको थियो ।

फिल्मलाई लिएर विवाद पनि उत्तिकै भयो । लेबनानले उनी इजरायली भएका कारण फिल्मको प्रदर्शनमा रोक लगाउने कुरा पनि गरेको थियो । संयुक्त राष्ट्रसंघले वन्डर वुमनलाई महिला सशक्तीकरणको एम्बेसडर बनाएको थियो । यसमाथि पनि विवाद भएको थियो ।

२० वर्षको हुँदा इजरायली सुरक्षा बलमा रहेर दुई वर्ष काम गरेकी गडोटले सोही कारण पनि ‘फास्ट एन्ड फ्युरियस’ फिल्मको सुटिङ गर्दा आफूलाई धेरै सहज भएको बताएकी थिइन् । गेल जम्मा १८ वर्षकी हुँदा मिस इजरायल बनेकी थिइन् ।