४ कार्तिक २०८३, बुधबार

मदिरा व्यवसायी महासंघको अध्यक्षमा शेर्पाको उम्मेदवारी दर्ता, मतदान गर्न अपील

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । मदिरा व्यवसायी महासंघको नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष सोनाम शेर्पाले उम्मेदवारी दिएका छन् ।

काठमाडौंमा शुक्रबार शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । मदिरा व्यवसायी महासंघको नयाँ नेतृत्वका लागि महासंघले शुक्रबारदेखि निर्वाचन कार्यक्रम शुरु गरेको छ ।

मदिरा व्यवसायी संघ काठमाडौंका अध्यक्ष समेत रहेका शेर्पाले शनिबार हुने मतदान प्रक्रियामा सहभागी भएर आफूलाई मतदान गर्न देशभरिका महासंघका प्रतिनिधिहरूसँग अपील गरेका छन् । ‘मैले महासंघको अध्यक्ष पदमा उम्मेदवारी दिएको छु’, उनले भने, ‘मलाई प्रतिनिधि साथीहरूले साथ दिनु हुनेछ ।’

मदिरा व्यवसायी संघ काठमाडौंको तीन कार्यकाल अध्यक्ष बनेका शेर्पालाई व्यवसायी र मदिरा उत्पादक कम्पनीहरूले महासंघको अध्यक्षका लागि प्रतिस्पर्धा गर्न सल्लाह दिएपछि उम्मेदवारी दिएका हुन् ।

व्यवसायीहरूको हकहितका लागि अफ्ठ्यारो पर्ने हरेक ठाउँमा आफू उपस्थित भएर समस्याको समाधान गर्दै आएका शेर्पाले महासंघको अध्यक्ष पदमा निर्वाचित भएमा अझै सक्रिय भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

महासंघको निर्वाचन शनिबार काठमाडौंमा हुँदै छ । महासंघको साधारण सभाले नै नयाँ कार्यसमिति चयन गर्नेछ ।

यसैबीच, महासंघको प्रदेश ३ को संयोजकमा मदन गौतम निर्विरोध चयन भएका छन् । गौतमका विरुद्ध कसैले पनि उम्मेदवारी नदिएपछि निर्विरोध भएका हुन् ।