
काठमाडौँ, २० बैशाख । एनआईसी एशिया बैंक लिमिटेडले मातातीर्थ औंशीको अवसरमा डिजिटल पेमेन्टहरुमा क्यास ब्याक योजना सार्वजनिक गरेको छ ।
योजनाहरुमा बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैकिङ तथा मोबाइलबैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु. १००० सम्मको क्यास ब्याक पाउनेछन् ।
योजनाअन्तरगत अनलाइन पेमेन्टबाट भुक्तानी गर्दा तथा बैंकको क्यूआर पेमेन्ट सिस्टमबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत वा उच्चतम रु. १००० सम्मको क्यास ब्याक पाइने बैंकले जनाएको छ ।
यस्तै, पीओसबाट भुक्तानी गर्दा १० प्रतिशत वा उच्चतम रु. ५०० सम्मको क्यास ब्याक पाइनेछ । यो योजना शुक्रबार (आज) र शनिबार (भोलि)का लागि मात्र लागू हुनेछ । यस योजनाबाट बैंकको ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
डिजिटल बैंकिङमा अग्रणी स्थान हासिल गरेको बैंकले आगामी दिनहरुमा यस्तै खालको विभिन्न सेवाहरु ल्याउने योजना बनाएको नायव प्रमुख कार्यकारी अधिृकत सुधिर नाथ पाण्डेले जानकारी दिए ।
नीजि क्षेत्रको प्रमुख व्यवसायिक बैंकहरु मध्यको एक एनआईसी एशिया बैंकको मुलुकभर २८४ शखा कार्यालयहरु, २८९ एटीएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ ईकाई छन् । बैंकमा करिब १६ लाख ग्राहकहरू रहेका छन् ।















प्रतिक्रिया