४ कार्तिक २०८३, बुधबार

आईसीसी टी–२० वरीयतामा नेपालको ३ स्थान सुधार

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडाैँ,  २० बैशाख । आईसीसी टी–२० वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ । आईसीसीले शुक्रबार जारी गरेको नेपाल वरीयताको ११ औं स्थानमा रहेको छ ।

गत महिनासम्मको वरीयतामा नेपाल १४ औं स्थानमा रहेको थियो । ११ औं स्थानमा रहेको नेपालको २१२ अंकसहित ११ औं स्थानमा रहेको छ ।

यूएई सिरिज २–१ ले जितेपछि नेपालको टी–२० वरीयतामा सुधार भएको हो । नेपालभन्दा एक स्थान माथि रहेको बंगलादेश २२० अंकसहित दशौं स्थानमा छ ।

टी–२० को शीर्ष स्थानमा पाकिस्तान रहेको छ । उसको २८६ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाको २६२ अंक छ भने समान २६१ अंक रहेको इंग्ल्याण्ड र अष्ट्रेलिया क्रमश: तेस्रो र चौथो स्थानमा छन् ।

पाँचौं स्थानमा रहेको भारतको २६० अंक रहेको छ भने न्यूजिल्याण्ड छैटौं, अफगानिस्तान सातौं स्थानमा रहँदा श्रीलंका र वेस्ट इन्डिज आठौं र नवौं स्थानमा छन् ।