
काठमाडौँ, २० बैशाख । प्रभु बैंक लिमिटेडले मोरङको विराटनगर महानगरपालिका तीन पैनी वडा नं. ३ स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसर भित्र एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैदेशिक रोजगारीमा जाने सेवाग्रहीका लागि आवाश्यक श्रम स्वीकृति वापतको शुल्क दाखिला गर्ने तथा अन्य सेवा र सुविधाको लागि बिहीबारदेखि एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
काउन्टरको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकास्थित श्रम तथा बैदेशिक रोजगार कार्यालयका प्रमुख प्रेम प्रसाद सञ्जेलले गरे ।
यस कार्यबाट बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने तथा नेपालको राजस्व संकलनमा पनि थप योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।















प्रतिक्रिया