४ कार्तिक २०८३, बुधबार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, शुक्रबार बिहानदेखि नयाँ मूल्य लागू

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । बिहीबार रातिबाट लागू हुने गरी प्रतिलिटर पेट्रोल १ रुपियाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य १ रुपियाँ वृद्धि गरेको हो ।

मूल्य बढेपछि आगामी शुक्रबार बिहानदेखि उपभोक्ताले पेट्रोल १ सय ११ रुपियाँ ५० पैसा र डिजेल तथा मट्टितेल ९८ रुपियाँ प्रतिलिटरमा खरिद गर्नुपर्नेछ । आयल निमगले तीन महिनापछि मूल्य समायोजन गरेको हो ।

१८ वैशाखमा भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्य सूची बढेर आएकाले मूल्य वृद्धि गर्नु परेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिएका छन ।