४ कार्तिक २०८३, बुधबार

अन्तर्राष्ट्रिय वितरक अवार्ड २०१८ बाट सिप्रदी सम्मानित

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ बैशाख । सन् १९८२ देखि नेपालका लागि टाटा मोटर्स लिमिटेड, भारतको एकमात्र आधिकारिक वितरकको रुपमा कार्य गर्दै आएको सिप्रदी ट्रेडिङ्ग प्रालिले यूएईको दुबईमा आयोजना भएको अन्तर्राष्ट्रिय वितरक सम्मेलनमा वर्ष २०१८ का लागि प्रतिष्ठित ‘बर्षको वितरक’ अवार्ड प्राप्त गरेको छ ।

सिप्रदीले प्राप्त गरेको यो सफलता कम्पनीको विशिष्ट कार्य प्रदर्शनको पहिचान र मान्यताको प्रतिक भएको कम्पनीले जनाएको छ । विश्वभरिका वितरकहरुको कार्यहरुको मूल्यांकन गरि विशिष्ट कार्य प्रदर्शन गर्न सफल वितरकहरुको उच्च कदर गर्ने उद्देश्यका साथ हरेक बर्ष आयोजना हुने सम्मेलनमा अलग अलग विधाका विभिन्न पुरष्कारको व्यवस्था गरिएको थियो ।

बर्षको सर्बश्रेष्ठ वितरकको प्रतिष्ठित पुरस्कारका अतिरिक्त सिप्रदीले नयाँ उत्पादनको परिचयका लागि बर्षको वितरक, सर्बश्रेष्ठ ग्राहक सेवा गरि विभिन्न विधाका अन्य दश पुरस्कार प्राप्त गर्ने सफल भएको छ ।

यो उपलब्धि र सफलता ग्राहकहरुको भरोसा र विश्वास, सम्पूर्ण कर्मचारीहरुको कठिन परिश्रम, इमान्दारिता तथा संचार गृहहरुको सहयोग र समर्थन बिना सम्भव थिएन भन्ने दृढ विश्वास रहेको कम्पनीले जनाएको छ ।