
काठमाडौँ, १८ बैशाख । राष्ट्रिय आईसीटी दिवस २०१९ को अवसरमा खल्ती र एनआईसी एशिया बैंकले संयुक्त रुपमा आफ्ना ग्राहकहरूको लागि एक विशेष बोनस अफरको घोषणा गरेका छन् ।
अफरमा एनआईसी एशिया बैंकद्वारा जारी क्रेडिट तथा डेबिट कार्डहरू प्रयोग गरेर खल्ती वालेटमा फण्ड लोड गर्दा प्रयोगकर्ताले १० प्रतिशत अतिरिक्त बोनस प्राप्त गर्नेछन् ।
यो योजना भोलि बिहीबार एक दिनको लागि मात्र लागू हनेछ । बैंकद्वारा जारी गरिएका कार्डहरू मार्फत आफ्नो खल्ती खाता लोड गर्दा प्रयोगकर्ताहरूले तुरुन्तै बोनस् रकम पाउनेछन् । प्रयोगकर्ताले यसरी प्राप्त गर्ने बोनस् रकम अधिकतम १००० रुपैयाँ (कर सहित) मात्र हुनेछ । प्रत्येक खल्ती प्रयोगकर्ताले यो योजनामा दिनभरमा एकपटक मात्र सहभागी हुन सक्नेछन् । यसरी प्राप्त गरिएको बोनस खल्ती डिजिटल वालेटमा उपलब्ध कुनैपनि प्रकारको डिजिटल भुक्तानी सेवामा प्रयोग गर्न सकिनेछ ।
यसका अतिरिक्त, एनआईसी एशिया बैंकले ग्राहकहरुका लागि मोबाइल बैंकिङ सेवामा अनलाइन दर्ता सुविधा समेत खुला गरेको छ । ग्राहकहरु जसले मोबाइल बैंकिङ सेवा लिएका छैनन्, उनीहरुले अनलाइनबाटै मोबाइल बैंकिङको लागि साइनअप गरी युजरनेम र पासवर्ड प्राप्त गर्न सक्नेछन् ।
राष्ट्रिय आईसीटी दिवस प्रत्येक वर्ष नेपालमा मे २ का दिनम नाउँदै आइएको छ । सूचना प्रविधि विभाग तथा विभिन्न सूचना प्रविधि सम्बन्धित संस्थाहरूद्वारा विभिन्न कार्यक्रम सञ्चालन गरी यस दिनलाई राष्ट्रिय प्राविधिक उत्सवको रूपमा मनाईन्छ ।
हरेक वर्ष यसै दिन सूचना प्रविधि क्षेत्रमा रहि विभिन्न योगदान पुर्याउने व्यक्तित्वहरुलाई ‘राष्ट्रिय आईसीटी पुरस्कार’ समेत प्रदान गरि सम्मान गरिन्छ ।
सन् २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्ती एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाख भन्दा बढि रहेको छ ।
त्यस्तै, नीजि क्षेत्रको प्रमुख व्यवसायिक बैंकहरु मध्यको एक एनआईसी एशिया बैंकको मुलुकभर २८४ शखा कार्यालयहरु, २८९ एटीएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ ईकाई छन् । बैंकमा करिब १६ लाख ग्राहकहरू रहेका छन् ।















प्रतिक्रिया