४ कार्तिक २०८३, बुधबार

वर्षाका कारण राजस्थान र बेंग्लोरको खेल अवरुद्ध, एक–एक अंक बाँडे

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १८ वैशाख । इण्डियन प्रिमियर लिग अन्तर्गत राजस्थान र बेंग्लोरबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ । खेलले नतिजा नदिएपछि दुबै टिमले १–१ अंक बाँडेका छन् ।

दुबै टिमको प्लेअफ पुग्ने आशा यसअघि नै सकिएको थियो । वर्षा बाधक बनेपछि खेल ५–५ ओभरको खेलाइएको थियो । पाँच ओभरको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंग्लोरले पाँच ओभरमा सात विकेट गुमाउँदै ६२ रन बनाएको थियो ।

बेंग्लोरका लागि विराट कोहलीले ७ बलमा ३ छक्का र एक चौका प्रहार गर्दै २५ रन बनाए । एबी डि भिलियर्सले चार बलमा १० रन बनाए ।

बलिङतर्फ श्रेयश गोपालले तीन विकेट लिए ।

पाँच ओभरमा ६३ रन चाहिएको राजस्थानले ३।२ ओभर खेल्दा ४१ रन बनाएको थियो । तर मैदानमा फेरि वर्षा भएपछि खेल सञ्चालन हुन नसकेन र दुबै टिमले १–१ अंक बाँढे ।

ब्याटिङमा सञ्जु स्यामसनले १३ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै २८ रन बनाएका थिए ।