४ कार्तिक २०८३, बुधबार

कतार एयरवेजद्वारा आफ्ना प्रिमियम यात्रुहरुका लागि उत्कृष्ट अफर

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १७ बैशाख । कतार एयरवेजले मंगलबार ३० अप्रिल देखि सोमबार ६ मे सम्म फर्स्ट क्लास एवं बिज्नेस क्लास यात्राको बुकिङमा यात्रुहरुलाई आफ्नो प्रिमियम यात्राको अद्वितीय अनुभवको निमित्त आमन्त्रण गरेको छ ।

यात्रुहरुले अब कतार एयरवेजको १६० प्रवेशद्वार मध्येको कुनै एक गन्तव्य छनौट गर्दै सम्पूर्ण प्रिमियम दरमा २० प्रतिशतसम्मको छुट र थप एक सहयात्रीसँग २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

प्रिभिलेज क्लब सदस्यहरुले पनि आफ्ना सम्पूर्ण प्रिमियम बुकिङमा डबल क्यू प्वाइन्ट प्राप्त गर्न सक्नेछन् ।

कतार एयरवेजका प्रमुख वाणिज्य अधिकारी, साइमन टलिङ–स्मिथले संसारकै सर्वोत्कृष्ट बिज्नेस क्लासको रुपमा कतार एयरवेज आफ्ना प्रिमियम यात्रुहरुलाई सुरुवातदेखि अन्तसम्म अविस्मरणीय यात्राको अनुभव प्रदान गर्न हरदम प्रयत्नरत रहेको बताएका छन् । यसले आफूहरुलाई गौरवान्वित बनाएको उनले बताएका छन् ।