४ कार्तिक २०८३, बुधबार

सर्लाहीमा पाँच दिनपछि सेनाद्वारा वृद्धाको उद्धार

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, १७ वैशाख । सर्लाही जिल्लाको हरिवन नगरपालिकामा पाँच दिनदेखि इनारमा खसेका एक वृद्धको सोमबार नेपाली सेनाले सकुशल उद्धार गरेको छ ।

हरिवन नगरपालिका–५ घुर्कौलीका ५५ वर्षीय सानुमान जिम्बालाई नेपाली सेनाको रणशेर गण पाँचकुमारीका जमदार हिमबहादुर तिवारी नेतृत्वको सैनिक टोलीले जीवितै उद्धार गरेको हो ।

गएको वैशाख १२ गतेदेखि हराइरहेका जिम्बालाई सोमबार ३० फिट गहिरो पानी सुकेको इनारमा स्थानीयवासी १३ वर्षीय विवश पाख्रिनले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्वास्थ्य अवस्था कमजोर रहेका जिम्बाको हरिवनस्थित नमूना अस्पतालमा उपचार भइरहेको छ ।