४ कार्तिक २०८३, बुधबार

पाँचौं केएनपी राष्ट्रिय महिला भलिबलमा आर्मी र एपीएफ उपाधि नजिक

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल आर्मी र एपीएफ उपाधि भिडन्त पक्का गरेका छन् ।

सोमबार भएको पहिलो सेमिफाईनलमा एपीएफले होङगान्जी न्युडायमण्डलाई २५–१६,२५–२० र २५–१६ को सोझो सेटमा हरायो । एपीएफका लागि उत्कृष्ट प्रदर्शन गदै वमन अफ द म्याच बनेकी हिरा केसीले नगद ५ हजार र आकर्षक ट्रफि हात पारिन् ।

दोश्रो सेमिफाईनमा नेपाल आर्मीले पुलिसलाई २१–२५,२५–१८,२८–२६ र २५–१३ कोे सेटमा हरायो ।

आर्मीका लागि उत्कृष्ट प्रदर्शन गदै वमन अफ द म्याच बनेकी निरुता ढगुुन्नाले नगद ५ हजार र आकर्षक ट्रफि हात पारिन् । मंगलवार ११ होङगान्जी न्युडायमण्ड र पुलिसबीच तेश्रो स्थानका लागि खेल हुने छ भने प आर्मी र एपीएफबीच फाईनल खेल १ बजे हुनेछ ।

शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालन भएको प्रतियोगिताका बिजेताले २ लाख,उपबिजेताले १ लाख,तृतिय हुने टिमले ५० हजार नगद प्राप्त गर्ने छन् ।

प्रतियोगिताको सर्वोेकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेताले जनही १५/१५ हजार प्राप्त गर्ने छन् । बिद्यागततर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर,बेष्ट ब्लक,बेष्ट डिफेन्स,बेष्ट क्विकर,बेष्ट सर्भर र बेष्ट कोचले जनहि ५ हजार नगद प्राप्त गर्ने छन् ।

मार्वल टेक्नोप्लस,मुक्तिनाथ बिकास बैंक सह प्रायोजक तथा एनआईसी एशिया बैंक बैंकिङ पाटनर रहेको प्रतियोगिताको प्रत्येक खेलको वमन अफ द म्याचलाई नगद ५ हजार सहित आर्कषक ट्रफिले पुरस्कृत गर्ने भएका छ ।

प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय हुने खेलाडी,प्रशिक्षक,ब्यवस्थापक र अन्य ३ टिमका प्रशिक्षक टिम कप्तान र ब्यवस्थापकको लागि फाईनल खेल पश्चात अन्नपूर्ण होटल,दरवार मार्गले रात्री भोजको सौजन्य गरेको छ ।

खेलाडीलाई प्रोत्सहन स्वरुप प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरवहादुर खड्का स्मृति स्पेशल अवार्ड बिजेतालाई सुलक्स सेन्टरबाट ३०÷३० हजार बराबरको टिसट घडी उपलब्ध गराउने छ ।

दरवार मार्ग स्थित द रिगल ईक(तजभ चभनब िष्लअ) ले प्रथम हुने टिमका सम्पूर्ण सदस्यलाई करिब ५ लाख बराबरको १५ थान सुट पिस प्रायोजन गरेको छ ।

प्रतियोगिताको उदयमान खेलाडी तथा शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेता खेलाडीद्धयले बुद्ध एयरबाट सौजन्य गरिएको माउण्टेन फ्लाईट टिकट प्राप्त गर्ने छन् ।

लिगकम नकाउटका आधारमा खेलाईनेछ । साविक बिजेता एपीएफ,आर्मी र जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र समूह ए मा छन् भने समूह बी मा नेपाल पुलिस,होङगान्जी न्युडायमण्ड र पश्चिमाञ्चल रहेका छन् ।