४ कार्तिक २०८३, बुधबार

रिद्धी सिद्धि सिमेन्टद्वारा निर्माण व्यवसायीसँग अन्तरक्रिया

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  १६ बैशाख । हेटौंडामा स्थापना भएको रिद्धी सिद्धि सिमेन्टले भर्खरै मात्रमा बजारमा ल्याएको ओपीसी सिमेन्टको बारेमा प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्यले विभिन्न स्थानमा निर्माण व्यवसायी हरुको सम्मेलनको आयोजना गर्दै आएको छ । यसै क्रममा आइतबार आइतबार पोखरामा  निर्माण व्यवसायी हरुको सम्मेलन आयोजना गरियो ।

सम्पूर्ण निर्माण व्यवसायीहरुलाई रिद्धी सिद्धी सिमेन्टको प्रयोग तथा यसको विशेषता सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीका गण्डकी प्रदेश प्रतिनिधि पवनराज बरालले जानकारी दिए ।

कार्यक्रममा रिद्धि सिद्धि सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महतले रिद्धी सिद्धि सिमेन्टले प्रयोगमा ल्याएको नविनतम प्रविधिले नेपाली सिमेन्ट बजारमा नयाँ किसिमको आयाम खडा गर्ने कुरामा जोड दिदै कम्पनिको मुल नारा नै  “गुणस्तरको नयाँ स्तर” रहेको जनाएका थिए । कार्यक्रम ब्राण्ड म्यानेजर महतले यसको उपयोगिता, यसको उचित प्रयोग तथा गुणस्तरबारे चर्चा गरेका थिए ।

कार्यक्रममा पोखरा निर्माण व्यवसायी समितिका अध्यक्ष अर्जुन थापा एवं लेखनाथ निर्माण व्यवसायी समितिका अध्यक्ष राम बहादुर गुरुङले रिद्धी सिद्ध सिमेन्टले प्रयोगमा ल्याएको रोबो ल्याव एवं लेजरशिल प्रविधिले मानवीय त्रुटिबाट हुन सक्ने समस्या रोक्ने भएकाले छिट्टै उपभोक्ताको मन जित्नुको साथै बजारमा हुने गरेका सिमेन्ट चुहावट नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिए ।

सिमेन्टको प्रयोगले मजदुर हरुको स्वास्थ्यमा पनि प्रत्यक्ष फाइदा पुर्याउने भएकाले सम्पूर्ण निर्माण व्यवसायीहरुलाई प्रत्यक्ष रुपमा प्रयोग गर्नका लागि पनि अनुरोध गरेका थिए ।

२५० जना भन्दा बढीको उपस्थित रहेको उक्त कार्यक्रमको अन्तमा उपस्थित सम्पूर्ण निर्माण व्यवसायीहरुलाई  विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम गरि समापन गरिएको थियो ।