
काठमाडौँ, १५ बैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल सीवीआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका समिर प्रसाद दाहाललाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । उनलाई आउँदो २९० गतेदेखि लागू हुनेगरी सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको बैंकले जानकारी दिएको छ ।
करिव १६ वर्ष अघि बैंकिङ करियर थालेका चार्टर एकाउन्टेन्ट दाहाल एक अनुभवी बैंकरका रूपमा परिचित छन् । ६ वर्षअघि प्रमुख वित्तअधिकृतको रूपमा सिटिजन्स बैंकसँग आवद्ध भएका दाहाल बैंकको भगिनी संस्था सीवीआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए ।
उनले वित्त तथा योजना तर्जुमा विभाग, आईटी, संचालन विभाग, कर्जा प्रसाशन विभाग, कर्जा असुली विभाग, अन्वेषण तथा इनोवेशन जस्ता महत्वपूर्ण विभागहरुलाई नविन तवरले संचालन गर्ने विश्वास बैंकले लिएको छ । उनी हाल त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गर्दैछन् ।
नववियुक्त सहायक प्रमुख कार्यकारी अधिकृत दाहाल बैंकरहरुबीच एक सफल रणनैतिककार, दूरदर्शी, लगनशील, मिहेनती व्यक्तिका रूपमा परिचित छन् । उनको लामो अनुभवले बैंकलाई थप उचाइ प्रदान गर्नेछ ।
बैंकले देशभर फैलिएका ८१ वटा शाखा, ७६ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
यसका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।
ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।















प्रतिक्रिया