४ कार्तिक २०८३, बुधबार

मुक्तिनाथ जीवन बरदान योजना अन्तर्गत नयाँ बचत खाता सञ्चालनमा

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १५ बैशाख । मुक्तिनाथ विकास बैंकले आइतबारबाट लागू हुने गरी ‘मुक्तिनाथ जीवन बरदान योजना’ अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत मुक्तिनाथ जीवन बरदान, मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमियम खाताहरु रहेका छन् ।
यस योजना अन्तर्गत ग्राहकले रु १० हजार न्युनतम मौज्दातमा रु ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा वा रु १० लाख सम्मको दुर्घटना मृत्यु बीमाको सुविधा प्राप्त गर्नेछन् ।

साथै, २० हजार न्युनतम मौज्दातमा रु ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा र रु १० लाख सम्मको दुर्घटना मृत्यु बीमा (दुवै सुविधा) प्राप्त गर्न सक्नेछन् ।

यस बचत योजना अन्तर्गतका माथि उल्लेखित बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज (मासिक ब्याज भुक्तानी), निःशुल्क आश्वा सेवा, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैंकिङ सुविधा तथा इन्टरनेट बैंकिङ सुविधाका साथै निःशुल्क भिजा टेबिट कार्ड र देशैभरी भिजा नेटवर्क अन्तर्गत रहेका करिब तीन हजार एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने व्यवस्था गरिएको छ । बैंकको यो सेवा १ सय १४ वटै शाखाहरुबाट लिन सकिनेछ ।

यो बचत खाता खोल्ने ग्राहकले किराना अनलाइन स्टोरसँग सहकार्य गरी रु पाँच सय बराबरको किराना अनलाइन किनमेलको भौचर सुविधा पनि उपलब्ध गराउने छ ।

हाल यो सुविधा काठमाडौं, ललितपुर तथा भक्तपुर जिल्ला अन्तर्गतका शाखा कार्यालयहरुमा मात्र उपलब्ध हुनेछ ।