४ कार्तिक २०८३, बुधबार

सुजुकीद्वारा ‘सुजुकी सरप्राइज’ नयाँ वर्षको योजना सार्वजनिक

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ बैशाख । सीजी अटोमोटिभ्स डिभिजन अन्तर्गतको सीजी होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्सको आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ वर्ष २०७६ को लागि नयाँ योजना सार्वजनिक गरेको छ ।

नयाँ वर्ष २०७६ को अवसरमा कम्पनीले सुजुकी सरप्राइज योजनालाई आफ्ना ग्राहकसमक्ष प्रस्तुत गरेको हो । यस योजनाअन्तर्गत, सुजुकीका ग्राहकहरुले ४ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्मको नगद छुट, एक लाखसम्मको एक्चेन्ज बोनस तथा एक वर्षको लागि निःशुल्क बीमा पनि प्राप्त गर्न सक्नेछन् ।

यो योजना यही वैशाख १३ गतेदेखि प्रारम्भ भई सीमित अवधिको लागि सीमित मोडेलहरुमा लागू गरिएको छ । यो योजना देशभर लागू हुने कम्पनीले जनाएको छ ।

नेपालमा सुजुकीका विभिन्न उत्पादनहरु बिक्री वितरण हुँदै आएका छन् । Alto, K10, नयाँ ठूलो Wagonr, Celerio, Celeriox, Ignis, Swift, Baleno, Dzire, Brezza, VitaraBrezza, Omni van, Omni Cargo, Eeco तथा Super carry जस्ता गाडीहरु नेपाली बजारमा विक्री गरिँदै आएको छ ।