४ कार्तिक २०८३, बुधबार

आठौं एनएमबी बैंक हेरिटेज वाक सम्पन्न

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १५ बैशाख । एनएमबी बैंकले विश्व सम्पदा दिवसको उपलक्षमा आठौं एनएमबी बैंक हेरिटेज वाक २०१९ आयोजना गरेको छ । बैंकले विगत वर्षहरुदेखि आम जनमानस तथा स्थानीय समुदायलाई सम्पदाको महत्व बुझाउन तथा तिनको उचित संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले हेरिटेज वाक कार्यक्रम आयोजना गर्दै आएको छ ।

बैंकले विगत ७ वर्षदेखि हेरिटेज वाकको आयोजना गर्दै आएको छ । कार्यक्रमको उद्घाटन बैंकका संचालकहरु तथा प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले संयुक्त रुपमा गरे । । हेरिटेज वाक बैंकको सितापाइला शाखा कार्यालयबाट शुरुवात भई स्वयम्भूनाथमा पुगि समापन भएको थियो ।

स्वयम्भूनाथ परिसरमा सरसफाई तथा फोटो प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा बैंकका कर्मचारीहरुद्धारा खिचिएको देशका विभिन्न सम्पदाहरुको उत्कृष्ट फोटोहरु राखिएको थियो । साथै, बैंकले स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका प्रतिनिधिलाई १६ थान डष्टवीन समेत हस्तान्तरण गरेकोे थियो ।

साथै, बैंकले आठौं एनएमबी बैंक हेरिटेज वाक २०१९ को उपलक्ष्यमा आफ्नो सातै वटा प्रादेशिक कार्यालयहरुमार्फत विभिन्न सम्पदाहरुको सरसफाई कार्यक्रम समेत संचालन गरेको छ ।