
काठमाडाैँ, १५ बैशाख । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ७२ पैसा तोकेको छ । बिक्री मूल्य ११२ रुपैयाँ ३२ पैसा रहेको छ ।
एक युरोको खरिददर १२४ रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १२ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ २७ पैसा र बिक्रिदर १४५ रुपैयाँ ०४ पैसा रहेको छ ।
यसैगरी, जापानीज १० यनको खरिददर १० रुपैयाँ ०० पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०५ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६८ पैसा र बिक्रिदर ३० रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ ९१ पैसा र बिक्रिदर ३६८ रुपैयाँ ८८ पैसा रहेको छ ।















प्रतिक्रिया