४ कार्तिक २०८३, बुधबार

आइपीएलमा सनराइजर्स हैदराबाद राजस्थान रोयल्ससँग पराजित

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १५ वैशाख । इण्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ ।

राजस्थानले प्लेअफको सम्भावना जीवितै राखेको छ । राजस्थानको जयपुरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा आठ विकेट गुमाउँदै १६० रन बनाएको थियो ।

हैदराबादका लागि मनिष पाण्डेले ६१ रनको उत्कृष्ट इनिङ खेले । उनले ३६ बलमा ९ चौका प्रहार गरेका थिए । डेविड वार्नरले ३७ रन बनाए भने अन्य ब्याट्सम्यानको प्रदर्शन खराब रह्यो ।

बलिङतर्फ बरुण अरुण, ओशेन थोमस, श्रेयस गोपाल र जयदेव यनाड्कटले २–२ विकेट लिए ।

१६१ रनको लक्ष्य राजस्थानले इनिङ सकिनुभन्दा ५ बल अघि पूरा गर्‍यो । उसका लागि सन्जु सामसनले अविजित ४८ रनको योगदान दिए भने लियाम लिभिङस्टोनल ४४, अजिन्क्या रहाणेले ३९ र स्टिभ स्मिथले २२ रन बनाए ।

जितसँगै रोयल्सले १२ खेलबाट १० अंक बनाएको छ । हैदराबादको ११ खेलबाट १० अंक छ ।