
काठमाडौँ, १४ बैशाख । शंकर गु्रपको उत्पादन रिद्धि सिद्धि सिमेन्टको आयोजनामा निर्माणकर्मीहरु समक्ष प्राविधिक ज्ञान प्रस्तुत गर्ने उद्देश्यका साथ अन्तरक्रियात्मक कार्यक्रम भएको छ ।
‘गुणस्तरको नयाँ स्तर’ भन्ने मूल सन्देशको साथ शुक्रबार वीरगञ्जमा भएको कार्यक्रममा उपस्थित निर्माणकर्मीहरु माझ रिद्धि सिद्धि सिमेन्टको प्राविधिक पक्षको विस्तृत जानकारी सहितको प्रस्तुतिकरण पेश गरिएको थियो ।
उत्पादनका बारेमा बोल्ने क्रममा रिद्धि सिद्धि सिमेन्टका सहायक ब्राण्ड म्यानेजर अनुज महतले सिमेन्टको उपयोगिता, उचित प्रयोग तथा ंविशेषताको साथसाथै सिमेन्टको उत्पादन प्लान्टमा प्रयोग गरिएका प्रविधिहरुका बारेमा जानकारी दिए ।
उनले संसारकै सर्वोत्कृष्ट युरोपेली प्रविधियुक्त प्रक्रियाद्वारा उत्पादित सिमेन्टको गुणस्तरमा जोड दिए । उनले थप प्लान्टमा प्रयोग गरिएको भर्टिकल रोलर मिल (भिआरएम), एफ.एल. स्मिथको रोबो ल्याब सिस्टम, सेन्ट्रल कन्ट्रोल रुम टेक्नोलोजी तथा नेपालमा पहिलो पटक प्रयोग गरिएको लेजर सिल प्याकेजिङ लगायतका विभिन्न प्रविधिहरुका बारेमा विस्तृत जानकारी दिए ।
निर्माणकर्मी तथा निर्माण व्यवसायीहरुको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा आयोजक समूहले उपस्थित सहभागीहरुसँग अन्तरक्रिया गर्नुको साथै उनीहरुको लागि विभिन्न रमाइलो खेल लगायतका मनोरञ्जनात्मक प्रस्तुति पनि पेश गरेका थिए ।
आयोजक कम्पनीले यस किसिमका अन्तरक्रियात्मक कार्यक्रमहरु आगामी दिनहरुमा पुनः आयोजना गर्ने जनाएको छ ।















प्रतिक्रिया