काठमाडौं, १४ वैशाख । यति एयरलाइन्सले चौथो एटिआर ७२–५०० विमान भित्र्याएको छ । यतिले भित्र्याएको सो जाहाज शुक्रबार थाइल्यान्डबाट काठमाडौं आइपुगेको हो ।
जहाजको नेपाली रजिष्ट्रेसन नं नाइनएन एएनसी रहेको छ । चौथो जहाज भित्र्याएको यति एयरलाइन्सले नेपाल सरकारको भिजिट नेपाल २०२० मा २० लाख पर्यटक आगमनको लक्ष्य हासिल गर्न थपिएका विमानहरूले मद्दत गर्ने विश्वास लिएको छ ।
यतिले ल्याएको जहाज फ्रान्सेली तथा इटालियन कंसोर्टियमबाट निर्माण गरिएको ट्वीन इन्जिन टर्बोप्रोप हो ।















प्रतिक्रिया