४ कार्तिक २०८३, बुधबार

मुक्तिनाथ विकास बैंकको शाखा चितवनको हाकिमचोकमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १३ चैत । मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा शुक्रबारबाट चितवनको, हाकिमचोक शाखा औपचारीक रुपमा शुभारम्भ गरेको छ ।

शाखाको उद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गरिन् । कार्यक्रममा शाहले मुक्तिनाथ विकास बैंकले विभिन्न शिर्षकमा कर्जा उपलब्ध गराई मानिसहरुलाई व्यवसायी बन्नमा पुर्याएको सहयोग उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरिन् ।

शाखा कार्यालयको उद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवी तथा सर्वसाधरणहरुको उपस्थिति रहेको थियो ।

मुक्तिनाथ विकास बैंकले देशैभरी ११४ वटा शाखा, २२ वटा एटीएम र छ लाख ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सेवा प्रदान गर्नुका साथै देशैभरीका भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने व्यवस्था उपलब्ध छ ।