
काठमाडौँ, १३ बैशाख । शंकर गु्रपको उत्पादन राइनो ५०० डिको आयोजनामा निर्माणकर्मीहरु समक्ष प्राविधिक ज्ञान प्रस्तुत गर्ने उद्देश्यका साथ अन्तरक्रियात्मक कार्यक्रम भएको छ । शुक्रबार ‘हाम्रो विश्वास राइनो डक्टिलिटी’ भन्ने मूल सन्देशको साथ वीरगञ्जमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा १५० भन्दा बढी निर्माणकर्मीहरु माझ राइनो फलामे छडको प्राविधिक पक्षको विस्तृत जानकारी सहितको प्रस्तुतिकरण पेश गरिएको थियो । उत्पादनकोबारेमा बोल्ने क्रममा राइनो स्टील्स्का ब्राण्ड म्यानेजर निरज बानियाले फलामे छडको इतिहास, उत्पादन प्रक्रिया र साथमा कसरी यसको उत्पादन प्रक्रियाले छडको गुणस्तर निर्धारण गर्दछ भन्ने कुरा विस्तृत रुपमा बुझाएका थिए ।
रासायनिक तथा यान्त्रिक गुणले कसरी फलामे छडको ग्रेड (स्तर) र गुणस्तरमा प्रभाव पार्दछ भन्ने कुराको पनि थप जानकारी दिएका थिए । त्यसैगरी, कम्पनीले हालै सुरुवात गरेको ‘हाम्रो विश्वास राइनो डक्टिलिटी’ नामक फलामे छडको डक्टिलिटी (लचकता) सम्बन्धी नयाँ जनचेतना अभियानका बारेमा पनि उपस्थित सबैलाई जानकारी गराइयो । हाल यस अभियान देशभर तीव्र रुपमा सञ्चारका सम्पूर्ण माध्यममार्फत जारी छ ।
निर्माणकर्मी तथा निर्माण व्यवसायीहरुको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा आयोजक समूहले उपस्थित सहभागीहरुसँग अन्तरक्रिया गर्नुको साथै उनीहरुको लागि विभिन्न रमाइलो खेल लगायतका मनोरञ्जनात्मक प्रस्तुति पनि पेश गरेका थिए । आयोजक कम्पनीले यस किसिमका अन्तरक्रियात्मक कार्यक्रमहरु आगामी दिनहरुमा पुनःआयोजन गर्ने जनाएको छ ।















प्रतिक्रिया