५ कार्तिक २०८३, बिहिबार

रेखा थापाको ‘हिम्मतवाली’का हिरो गौतमविरुद्ध ‘रेड कर्नर नोटिस’

10.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  १३ बैशाख । मानव तस्करीको आरोप लागेका ‘हिम्मतवाली’ फिल्मका नायक सुदर्शन गौतमविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी भएको छ। नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करीको आरोपमा साढे ८ महिनाको प्रक्रियापछि गौतमविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी भएको हो।

‘रेड कर्नर नोटिस’ जारी भएसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गौतमको खोजी हुने छ। चलचित्र अभिनेत्री रेखा थापासँग मिलेर गौतमले बनाएका थिए।

कुनै बेला अभिनेत्री थापा र गौतमबीच प्रेम सम्बन्ध रहेको चर्चाले रंगबजार गर्माएको थियो । रेखाले सुदर्शनलाई काखैमा राखेर किस गर्ने अभिव्यक्ति सार्वजनिक गरेकी थिइन् ।

हाल क्यानाडामा बस्दै आएका गौतम दुई वर्षअघि अमेरिका मानव तस्करीमा तानिएका थिए। गौतमको समूहले तीन नेपाली युवतीलाई अमेरिका लान विभिन्न देश हुँदै हाइटीमा अलपत्र पारेका समाचार सार्वजनिक भएको थियो ।

फिल्मको सुटिङका नाममा उनीहरुलाई हाइटी लगिएको थियो। हाइटी हुँदै समुद्री बाटो भएर उनीहरुलाई अमेरिका छिराउने योजना रहेको पानीजहाज बिग्रिएपछि उनीहरु बहामास भन्ने देशमा पक्राउ परेका थिए।

पानीजहाज नियन्त्रणमा परेसँगै तस्करीको यो घटना बाहिर आएको थियो। त्यहाँबाट अमेरिकी दूतावासको सहयोगमा नेपाली युवतीहरुलाई नेपाल फर्काइएको थियो। अनुसन्धानकै क्रममा गौतमको समेत संलग्नता देखिएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

उनी अदालत उपस्थित नभएपछि नेपाल ल्याउन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)लाई पत्राचार गरेको थियो। सोही पत्रको आधारमा उनीविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी भएको प्रहरी महानिरीक्षक (आइजिपी) सचिवालयका एसएसपी तथा इन्टरपोल शाखा प्रमुख उमेश जोशीले जानकारी दिए ।