४ कार्तिक २०८३, बुधबार

यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १३ बैशाख । नेपाल राष्ट्र बैंकले शुक्रबार लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ११ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ७१ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ७३ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ३९ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ३३ पैसा र बिक्रिदर १४५ रुपैयाँ ११ पैसा रहेको छ ।

यसैगरी, जापानीज १० यनको खरिददर १० रुपैयाँ ०२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०८ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रिदर ३० रुपैयाँ ९५ पैसा रहेको छ । यसैगरी, कुवेती एक दिनारको खरिददर ३६८ रुपैयाँ १७ पैसा र बिक्रिदर ३७० रुपैयाँ १४ पैसा रहेको छ ।