काठमाडौं, १३ वैशाख । ग्रामीण तथा दुर्गम स्थानहरूमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र दुई र पर्सा जिल्लाको जगरनाथपुरमा १ गरी ३ नयाँ शाखा कार्यालयहरूको औपचारिक उद्घाटन गरेको छ ।
मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ भक्तपुरस्थित राधेराधे शाखा कार्यालयको सोही वडाका वडाध्यक्ष अमृतमान श्रेष्ठ, चागुँनारायण नगरपालिका वडा नं. २ दुवाकोट, भक्तपुरस्थित दुवाकोट शाखाको वडाध्यक्ष शिव हरि केसी तथा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं.४ पर्सास्थित जगरनाथपुर शाखाको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँबाट बिहीबार सञ्चालनमा ल्याइएको हो ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरू, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
करीव १६ लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।















प्रतिक्रिया