४ कार्तिक २०८३, बुधबार

आठौं राष्ट्रिय खेलकुदमा आर्मी च्याम्पियन

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  १२ बैशाख । आठौं राष्ट्रिय खेलकुदमा सर्वाधिक पदकसहित नेपाल आर्मी क्लब च्याम्पियन बनेको छ।

११ टोली सहभागी प्रतियोगितामा आर्मीले सर्वाधिक पदक जित्दै च्याम्पियन बनेको हो। आर्मीले बुधबार सम्पन्न प्रतियोगितामा समग्रमा २ सय ८८ पदक जितेको छ। जसमा आर्मीले १ सय ४० स्वर्ण, ८२ रजत र ६७ काँस्य हात पार्‍यो।

यस्तै दोस्रो सर्वाधिक स्वर्ण जित्न सफल नेपाल पुलिस क्लब पदक तालिकामा दोस्रो रह्यो। पुलिसले ६२ स्वर्ण, ४९ रजत र ४६ काँस्यसहित १ सय ५७ पदक जित्यो।

यस्तै, शशस्त्र प्रहरी बलको एपीएफ क्लब पदक तालिकामा तेस्रो रह्यो। एपीएफले ५३ स्वर्ण जित्यो भने ६९ रजत र ८० स्वर्ण हात पार्‍यो। समग्रमा भने एपीएफले २ सय २ पदक जित्यो।

यस्तै,  २२ स्वर्णसहित प्रदेश ३ चौथो स्थानमा रह्यो। प्रदेश ३ ले ४० रजत र ६० काँस्यसहित १ सय २२ पदक हात पार्‍यो। गण्डकी प्रदेश १२ स्वर्णका साथ पाँचौंमा रह्यो। उसले थप २१ रजत र ४८ काँस्यसहित ७७ पदक जित्यो।

११ स्वर्ण जितेको प्रदेश ५ छैटौं स्थानमा रह्यो। यस्तै प्रदेश १ ले ९ स्वर्ण का साथ सातौं, ८ स्वर्ण जितेको सुदूरपश्चिम आठौं र समान ६ स्वर्णसहित प्रदेश २ र एनआरएनएको टोली नवौं र दशौं तथा ३ स्वर्णसहित कर्णाली प्रदेश अन्तिममा रह्यो।