
काठमाडौँ, ११ बैशाख । मुक्तिनाथ विकास बैंक लिमिटेड र धुलिखेल माउण्टेन रिसोर्ट, धुलिखेलबीच सम्झौता भएको छ ।
सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिजा डेविट कार्ड भएका सबै ग्राहकहरुले रिसोर्टबाट विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्मको विशेष छुट दिने व्यवस्था भएको छ ।
सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र धुलिखेल माउण्टेन रिसोर्टको तर्फबाट विक्री तथा बजारीकरण विभागका अधिकृत भगीरथ प्रताप सिंहले हस्ताक्षर गरे ।
यस सुविधाबाट बैंकका भिजा डेविट कार्ड भएका सम्पूर्ण सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी १ सय १४ वटा शाखा, २२ वटा एटीएम र छ लाख ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
आफ्नो ग्राहकलाई निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सेवा प्रदान गर्नुका साथै देशैभरीका भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने व्यवस्था उपलब्ध छ ।















प्रतिक्रिया