५ कार्तिक २०८३, बिहिबार

कम्युनिस्ट पार्टीको उम्मेदवार जिताउन लागे बलिउडका चर्चित अभिनेता

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली । भारतको लोकसभा चुनावमा अत्याधिक चर्चामा रहेका उम्मेदवार कन्हैया कुमारको पक्षमा थुप्रै कलाकार र युवाहरू खुलेरै लागेका छन् ।

थुप्रै सेलिब्रिटी र युवाहरु स्वस्फुर्त रुपमा कन्हैयाको चुनावी क्षेत्र बिहारको बेगुसराय पुगेका छन् । कन्हैया कुमार कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका छन ।

बलिउडका अभिनेता प्रकाश राज पनि बेगुसराय पुगेर कन्हैया कुमारको पक्षमा खुलेर मत मागे । जब कि, प्रकाश राज आफैँ बैंग्लोर केन्द्रका उम्मेद्वार हुन् ।

उनले यस क्रममा आक्रोशित हुँदै बिजेपीको विपक्षमा र कन्हैया कुमारको पक्षमा आफ्नो धारणा राखेका छन् । हालै एबिपी न्युजले प्रकाशसँग लिएको अन्तरवार्ता भाइरल नै बनेको छ । जहाँ उनले कन्हैयाले ढुक्कसाथ जित्ने विश्वास व्यक्त गरे ।