शुक्रबार, १० जेठ २०७६
DainikNepal.com
शुक्रबार, १० जेठ २०७६

एनआईसी एशिया बैंकको नयाँ शाखा काठमाडौंको मनमैंजुमा

दैनिक नेपाल २०७६ वैशाख १० गते १८:५२


काठमाडौँ, १० बैशाख । एनआईसी एशिया बैंक लिमिटेडले तारकेश्वर नगरपालिकावडा नं ११, मनमैंजुमा शाखा विस्तार गरेको छ ।

शाखाकोे तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका उप–प्रादेशिक कार्यालय (प्रदेश न.३) का प्रमुख विकास खरेलले मंगलबार उद्घाटन गरे ।

कार्यक्रममा मेयर बोहराले काठमाडौं उपत्यकाभित्र समेत बैकिङ पहुँच कम भएको स्थान छानी आम सर्वसाधरण सम्म बैंकिङ पहुँच वृद्घि गर्न बैंकले खेलेको भूमिकाको प्रशंसा गरे ।

कार्यक्रममा खरेलले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपूर्ण योगदान पु¥याइरहेको जानकारी गराए ।

बैंकका हाल देशभर २८१ शाखा कार्यालयहरु रहेका छन् । यस्तै बैंकले २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत पनि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकका करिब १५ लाख ग्राहक रहेका छन् । बैंकमा प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकार दिए ।

प्रतिक्रिया
सम्बन्धित