
काठमाडौं, १० वैशाख । भारतीय चर्चित अभिनेता सनी देवल भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन् ।
भाजपाका अध्यक्ष अमित शाहको प्रस्ताव स्विकार गर्दै बलिउड अभिनेता देवल भाजपा प्रवेश गरेका हुन् । योसँगै सनी देवल पनि राजनीतिमा आउने भएका छन् ।
उनी गुरदासपुर सीटबाट चुनावमा उठ्न सक्ने संभावना छ। सनी देवलले केन्द्रीय मन्त्री पीयूष गोयल र निर्मला सीतारमणको उपस्थितिमा भाजपा पार्टीको सदस्यता लिए ।
केहि दिन पहिले भाजपा अध्यक्ष अमित शाह सनी देवललाई मनाउन उनको निवास पुगेका थिए । अमृतसर लोकसभा सीटबाट कुनै वजनदार उम्मेदवारलाई मैदानमा उतार्न भाजपाको तयारी छ ।
भाजपा जुनसुकै हालतमा सनीलाई अमृतसरबाट उम्मेदवार बनाउने प्रयासमा जुटेको छ ।















प्रतिक्रिया