४ कार्तिक २०८३, बुधबार

आइटिएफमा दिलेनले जिते स्वर्ण

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । आठौ राष्ट्रिय खेलकुद अन्तरगत जारी १९औ महिला तथा पुरुष राष्ट्रिय आइटिएफ प्रतियोगिता अन्तरगत सोमबार भएको पुरुष ५६–६० किलो तौल समुहमा आर्मीका दिनेस बुढा मगरले स्वर्ण पदक जितेका छन् ।

प्रदेश नम्बर तीनका कासाङ दोर्जे लामाले रजत तथा एपीएफका प्रज्वल गड्तौला र प्रदेश नम्बर पाचका राजु चौधरीले काश्य पदक जिते । ६१–६५ किलो तौल समुहमा एपीएफका गोविन्द धिमालले स्वर्ण पदक जितेका छन् । गण्डकी प्रदेशका प्रविण थापा मगरले रजत तथा प्रदेश नम्बर तीनका आशिष भुजेल र प्रदेश नम्बर पाचका विवेक नेपालीले काश्य पदक जिते ।

६६–७० किलो एक नम्बर प्रदेशका दिलेन राइले स्वर्ण पदक जिते । एपीएफका नाङगेल तामाङले रजत तथा आर्मीका ललीत बहादुर बस्नेत र प्रदेश नम्बर तीनका सकिर श्रेष्ठले काश्य पदक जिते ।

७१–७५ किलो तौल समुहमा आर्मीका भिम बहादुर तामाङ पहिलो तथा एपीएफका हर्कलाल राजबंशी दोश्रो भए । एक नम्बर प्रदेशका निसान खत्री र प्रदेश नम्बर तीनका डेविड घलेले काश्य पदक जिते ।

महिलाको ४६–५० किलो तौल प्रदेश नम्बर पाचकी सुस्मिता राना मगरले स्वर्ण पदक जित्दा, तीन नम्बर प्रदेशकी निलिमा सुनुवारले रजत पदक जितिन् । सात नम्बर प्रदेशकी सिमा रसाइली र प्रदेश नम्बर पाचकी ममता गाहले काश्य पदक जिते ।

५१–५५ किलो तौल समुहमा आर्मीकी रिना धमिालले स्वर्ण र एपीएफकी सञ्चिता लामाले रजत पदक जिते । गण्डकी प्रदेशकी गंगा थारु र प्रदेश नम्बर दुइकी सविना श्रेष्ठले काश्य पदक जिते ।

विजेता खेलाडीलाई सोमबार नै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सीना र नेपाल आइटिएफका अध्यक्ष अन्जन धमला लगायतले पुरस्कार प्रदान गरे ।

सेमिफाईनलको समिकरण पूरा

आठौं राष्ट्रिय खेल अन्तर्गत भलिबलको सेमिफाईनलको समिकरण पुरा भएको छ । सोमवार भएको खेलबाट सफलता हात पादै महिलातर्फ एपीएफ र प्रदेश ३ अपराजित रहदै समूह समूह बिजेताको रुपमा सेमिफाईनल प्रवेश गरेका छन् ।

मंगलवार बिहान हुने सेमिफाईनलमा एपीएफले गण्डकी प्रदेश र प्रदेश ३ ले नेपाल पु्लिससँग खेल्ने छन् ।

अन्तिम लिग खेलमा एपीएफले पुलिसलाई २५–१८,२५–१६ र २५–१७ को सोझो सेटमा हराउदा प्रदेश ३ ले गण्डकी प्रदेशलाई २५–११,२५–१९ र २५–१५ ले हराउदै समान १२ अंक जोडेका थिए । समूह एबाट पुलिसले ९ अंक तथा बी बाट गण्डकीले ८ अंक जोड्दै उपबिजेताको रुपमा सेमिफाईनलमा स्थान बनाएका थिए ।

पुरुषतर्फ आर्मी १२ अंक र पुलिसले ११ अंक जोड्दै समूह बिजेता भएका छन् । सेमिफाईनलमा आर्मीले एपीएफ तथा पुलिसले गण्डकी प्रदेशसँग खेल्ने छन् ।

खजुराको शुक्र भलिबल एकेडेमीमा भएको अन्तिम लिग खेलमा आर्मीले कर्णाली प्रदेशलाई २५–१४,२५–१३ र २५–११ को सोझो सेटमा हराउदा एपीएफले सुदूरपश्चिम प्रदेशलाई २५–२१,२५–१८ र २५–१३ को सोझो सेटमा हरायो । समूह ए बाट गण्डकी प्रदेशले ९ अंक तथा बी बाट एपीएफ १० अंक जोड्दै उपबिजेता बनेका थिए ।