४ कार्तिक २०८३, बुधबार

सिटिजन्स बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा १० लाख ३७ हजार

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ बैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बारा र पर्सामा विनाशकारी हावाहुरीबाट भएको अकल्पनीय जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्ने हेतुले ‘सिटिजन्स बारा पर्सा हुरी पीडित राहतकोष २०७५’ को स्थापना गरेको कुरा सर्वविविदितै छ ।

बारा, पर्सा लगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहत स्वरुप रकम राहत कोषमा बैंकको तर्फबाट दस लाख र अन्य सहयोगी दाताहरूबाट जम्मा भएको कुल रकम १० लाख ३७ जहार ९७ रुपैयाँ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरेको छ ।

बैंकले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गरेको यस परोपकारी कार्यको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई धन्यवाद दिएका छन् ।

बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रयमास सम्ममा रु. ६८ अर्व ६८ करोड निक्षेप संकलन गरि रु. ६३ अर्व ५९ करोड कर्जा प्रवाह गरी सोही अवधिभित्र रु. १ अर्व ४९ करोड १४ लाख संचालन मुनाफा र रु.१ अर्व ६ करोड खुद नाफा आर्जन गरेकोे छ । जुन गतवर्ष सोही अवधिको तुलनामा क्रमश : ४.०२ प्रतिशत र ५.९१ प्रतिशतले वृद्धि भएको छ ।

बैंकले देशभरबा ८१ वटा शाखा, ७६ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

यसका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।