४ कार्तिक २०८३, बुधबार

प्रभु बैंकको नयाँ शाखा र्कीर्तिपुरमा

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ बैशाख । प्रभु बैंक लिमिटेडले काठमाडौँको कीर्तिपुर नगरपालिका–९ मा नयाँ शाखा कार्यालय खोली कारोवार सञ्चालनमा ल्याएको छ ।

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले बैंकको कीर्तिपुर शाखा कार्यालयको सोमबार उद्घाटन गरे । महर्जनले प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरे ।

उनले नगरवासीहरुलाई पनि प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सही सदुपयोग गरी व्यापार व्यवसाय विस्तार गर्न तथा आफ्नो आर्थिक क्रियाकलाप बैंकिङ प्रणालीमार्पmत् गरी गुणस्तरीय बैंकिङ सेवाको लाभ लिन आग्रह गरे ।

कार्यक्रममा प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समग्र कीर्तिपुरवासीको आर्थिक समृद्धिका लागि प्रभु बैंक आप्mना ग्राहकहरुसँग आवश्यकतानुसार हातेमालो तथा सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

साथै, बैंकले नेपाल सरकारको नीति अनुरुप नेपाल राष्ट्र बैंकद्धारा जारी ‘सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार हालसालै सञ्चालनमा ल्याएको विभिन्न शीर्षकका कर्जाहरु सहज ढंगले कर्जा उपलब्ध गराउँदै आएकोले आप्mनो आवश्यकता अनुसार कर्जा उपभोग गरी आर्थिक अवस्था सुदृढ गर्न अनुरोध गरे ।

आजदेखि सञ्चालनमा आएको प्रभु बैंकको कीर्तिपुर शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त सेवा उपभोग गरी लाभान्वित हुनेछन् र समग्र नगरवासीहरुको आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।